२०८० कार्तिक १९ गते आइतबार   हेरिएका: ८३०  

नयाँ संस्कृति
2020-02-14 06:12:34



प्रेस विज्ञाप्ति

img

२०८० कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट जिल्लाको बारेकोट, रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पबाट जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति प्रेस काउन्सिल नेपाल दुःख व्यक्त गर्दछ । भुकम्पबाट निधन भएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दैै यस दैवीप्रकोपमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना
गर्दछौं ।
यस किसिमको विपद् एवं दैवीप्रकोपको समयमा आफ्नो कर्तव्य निर्वाह गर्नेक्रममा पत्रकार तथा सञ्चार माध्यम थप संवेदनशील हुनुपर्दछ । भुकम्पको सामग्री सम्प्रेषण गर्ने सिलसिलामा केही युट्युबलगायतका सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमबाट बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर अतिरञ्जित हुने एवं पीडितलाई थप पीडा पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण भएको छ ।

पत्रकार तथा सञ्चार माध्यमले “सत्यतथ्य र सन्तुलित सामग्री सम्प्रेषण गर्नुपर्ने, छिटो हुनेभन्दा तथ्यतर्फ सजग रहनुपर्ने, सामाजिक सञ्जालमार्फत सूचना तथा जानकारी प्रवाह गर्दा पनि तथ्यगत पुष्टिपश्चात मात्र सामग्री सम्प्रेषण गर्नुपर्ने, घृणा, सन्त्रास र उत्तजेना फैलाउने किसिमका बीभत्स दृश्य र तस्बिर सम्प्रेषण गर्न नहुने, सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ वा गल्ती भएको भए जानकारी हुनासाथ यथाशीघ्र क्षमायाचनासहित सच्याउनुपर्ने” पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) मा व्यवस्था छ ।

Title Download Count View & Download
कर्णाली प्रदेशको जाजरकोट जिल्ला रामीडाडा केन्द्रबिन्दु भूकम्प बाट भौतिक क्षति पुगेको छ २३७   View    Download

Your Mobile Cannot read PDF. Click to download

टिप्पणीहरू

धेरै पढिएको समाचार

नेकपा(माओबादी केन्द्र)को बिधान २०७९

प्रेस विज्ञाप्ति

संगठित पार्टी सदस्य नविकरण

सम्बन्धित समाचार