२०८० मंसिर २१ गते बिहीबार   हेरिएका: २८३  

नयाँ संस्कृति
2020-02-14 06:12:34



पार्टीभित्र र देशमा शुद्धीकरण अभियान चलाउने माओत्सेतुङपछि प्रचण्ड नै हो : नेता पुन

img

रोल्पा। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सरकार र आफ्नो पार्टीभित्र चलाइरहेको शुद्धीकरण अभियान महत्त्वपूर्ण रहेको बताएका छन्। देशमा भ्रष्टाचार विरोधी अभियान र पार्टीभित्रको विशेष रूपान्तरण अभियान सिंगो राजनीतिक आन्दोलनको शुद्धीकरण भएको उनले दाबी गरे।

शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उपमहासचिव पुनले पार्टीभित्र र देशमा शुद्धीकरण अभियान चलाउने माओत्सेतुङपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नै रहेको बताए। यी दुवै अभियानले समाजवादमा जान आधार निर्माण गर्ने उनको विश्वास छ।

‘आफैमाथि प्रश्न उठाउने, आफैँलाई शुद्धीकरण गर्ने काम महत्त्वपूर्ण छ। माओत्सेतुङपछि पार्टीभित्र र देशमा शुद्धीकरण अभियान चलाउनेमा माओवादी पार्टी र अध्यक्ष प्रचण्ड नै हो,’ उनले भने, ‘हामी समाजवादमा जाने कोसिस गरिरहेका छौं। सरकार र पार्टी दुवै ठाउँमा शुद्धीकरण अभियान चलाइरहेका छौं। देशमा भ्रष्टाचार विरोधी अभियान, पार्टीभित्र विशेष रूपान्तरण अभियान सिंगो राजनीतिक आन्दोलनको शुद्धीकरण पनि हो। यो निकै महत्त्वपूर्ण छ।’

रोल्पाको विकासबारे बोल्दै नेता पुनले भने, ‘रोल्पामा गुणात्मक विकास भएको छ। पहिला ५/६ गाविसमा बाटोले जोडेको थियो। अहिले ७१ वडामा नै मोटर बाटोले छोएको छ। पहिला १०/११ वडामा बिजुली थियो, अहिले सबै वडामा पुगेको छ। गणतन्त्रअघि र गणतन्त्रपछिको विकासको तुलना गरेर हेरौं, २५० वर्षमा नभएको विकास गणतन्त्रको पछिल्लो १५ वर्षमा भएको छ। यो आजको तथ्य हो।’

टिप्पणीहरू

धेरै पढिएको समाचार

नेकपा(माओबादी केन्द्र)को बिधान २०७९

प्रेस विज्ञाप्ति

संगठित पार्टी सदस्य नविकरण