नयाँ संस्कृति
2020-02-14 06:12:34
२०८० मंसिर २१ गते बिहीबार
हेरिएका: ३०४
माओवादी केन्द्र बागमती प्रदेशले भुकम्प पिडीतलाई बुझायो नगद र राहातका सामान

यही मिति २०८० साल कार्तिक १७ गते राति ११:४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भई गएको भुकम्पका कारण जाजरकोट जिल्लाको नलसिंहगाड नगरपालिका र रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकाका भुकम्प पिडीतहरुलाई मानविय राहत स्वरुप नेकपा (माओवादि केन्द्र) बागमती प्रदेश समितिको तर्फबाट संकलन गरिएको नगद रु.१०,००,००० (अक्षेरुपी रु.दश लाख रुपैया मात्र) र ज्याकेट १६०० पिस, ट्राउजर २०० पिस, हाफपाइन्ट २०० पिस ,बच्चाका कपडा १०० पिस,सुइटर २०० पिस,व्ल्याङकेट ५० पिस सहित जम्मा २९ बोरा कपडा भुकम्प प्रभावितहरुको लागि वितरण गर्न आठविसकोट नगरपालिका रुकुम पश्चिम र नलसिंहगाड नगरपालिका जाजरकोटका लागि हस्तान्तरण गरिएको छ ।
टिप्पणीहरू